१० मंसिर २०८१, सोमबार | Mon Nov 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


फ्रान्सको एफिल टावरबाट नेपाली पुस्तक ‘आमा छोरी’ लोकार्पण



२६ फागुन । फ्रान्सको राजधानी पेरिसस्थित एफिल टावरबाट ‘आमा छोरी ः मदर डटर लिभिङ्ग लिगेसी’ नामक नेपाली पुस्तकको विमोचन गरिएको छ ।
११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर दृष्टिबिहिन लेखिका बुना दाहालसहित १२ जना नेपाली महिलाहरुले लेखेको पुस्तक बुधबार एफिल टावरबाट लोकार्पण गरिएको हो ।
फ्रान्सस्थित नेपाली राजदूतावासका प्रमुख दिपक अधिकारी, उपप्रमुख सिता बस्नेतलगायतले सो पुस्तक विमोचन गरेका थिए । पेरिस्थित नेपाली राजदूतावासका प्रमुख अधिकारीले नेपाली छोरीहरुले लेखेका कृति विश्वको आकर्षणको केन्द्र एफिल टावरबाट लोकार्पण गर्न हुनु ऐतिहासिक भएको बताए । दृष्टिबिहिन भएपनि पुस्तक लेखनजस्तो गहन कार्य गर्ने र यसको नेतृत्व लिने दाहालको कर्मप्रति उनले मुक्तकण्ठले प्रशंसा गरे ।
दूतावासका उपप्रमुख बस्नेतले नेपाली नारीहरु अहिल पनि घरेलु हिंसा, बलात्कारजस्ता घटनाको सिकार हुनुपरेको भन्दै व्यवहारिक रुपमा समाजको सोच नबदलिएसम्म महिलाका समस्या समस्यामै सिमित रहने बताइन् । ‘आमा छोरी ः मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तकको लेखनमा प्रेरणा र नेतृत्व लिने दृष्टिबिहिन लेखिका बुना दाहालले पुस्तक विश्वभरका आमा छोरीको सम्बन्धको प्रतिनिधित्व गरेको बताइन् । उनले आफूले दृष्टि नदेखेपनि एफिल टावर चढेर पुस्तक सार्वजनिक गर्नुको कारण दृष्टिविहिन र महिलाप्रति समाजले गर्ने व्यवहारप्रति सांकेतिक खबरदारी रहेको बताइन्।
अमेरिका, बेलायत र नेपालमा रहेका विभिन्न १२ जना नेपाली लेखिकाहरुले आमा छोरीबीचको सम्बन्ध, आमाले परिवारमा खेल्ने भूमिकालगायतको विषयलाई अनुभवको रुपमा पुस्तकमा उल्लेख गरेका छन् । डाइनामिक बुना र ब्लाइन्ड कोर्पस्ले पुस्तकको प्रकाशन गरेको हो । कुल १ सय ९० पृष्ठ रहेको ‘आमा छोरी ः मदर डटर लिभिङ्ग लिगेसी’ नामक पुस्तक साहित्यकार इन्द्रकुमार श्रेष्ठ सरित्ले सम्पादन् गरेका हुन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १२ : ३८ बजे