९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


नायिका सुरक्षा पन्तले गरिन् नायक मानव सुवेदीसँग विवाह



काठमाडौं
२६ फागुन । नायिका सुरक्षा पन्तले नायक मानव सुवेदीसँग विवाह गरेकी छन् ।
उनीहरुको विवाह चितवनको सौराहामा भएको हो । सामाजिक सञ्जालमा नायिका पन्तले तस्विर सार्वजनिक गरेकी छिन् । तस्विरमा सुरक्षा हाँसीरहेकी देखिन्छिन् भने दुलाहा मानव मुस्कुराइरहेका छन् ।
उनको बैवाहिक समारोहमा परिवार र नजिकका आफन्त र साथीहरु बोलाइएको थियो ।
नायिका पन्तले चलचित्र ‘सुस्केरा’मार्फत चलचित्रमा डेब्यू गरेकी थिइन् । उनले ‘भैरे’, ‘गोपी’, ‘चंगा चेट’, ‘आमा’, ‘धनपति’, ‘के घर के डेरा’ लगायतका चलचित्रहरुमा अभिनय गरिसकेकी छन् ।
चलचित्र ‘अन्तराल’बाट नायकमा डेब्यू गरेका मानवले ‘नेपथ्य’, ‘चिनी कम रंग कडा’ मा काम गरेका छन् । पछिल्लो समय उनीहरुले नेपाली चलचित्र क्षेत्रमा राम्रा चलचित्र दिइरहेको छन् ।

उनीहरुको बुधबार इन्गेजमेन्ट भएको थियो । इन्गेजमेन्ट लगत्तै नायिका पन्तले नायक मानवले निदारमा चुम्बन गरिरहेको तस्विर सार्वजनिक गरेकी थिइन् । सँगै उनले सामाजिक सञ्जालमा मेहेन्दीको सुन्दर जोडी बसेको तस्विर सार्वजनिक गरेर विवाह बन्धनमा बाँधिएको खुलासा गरेकी थिइन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  १ : ०१ बजे