६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भासियो हात्तिबन सडक, निस्कियो पानी



ललितखबर
२६ फागुन । ललितपुरको हात्तीवन सडक भासिएको छ । बुधबारराती सडकमा गाडी पार्क गरिएको ठाँउमा सडक भासिएपछि गाडी क्रेनको सहायताले निकालिएको एक स्थानीयले ललितखबरलाई बताएका छन् ।
गाडीमा सिमेन्ट थियो । सिमेन्ट निकालेर क्रनले गाडी सडकबाट सारिएको हो । उनले भने । भासिएको ठाँउमा पानी आएको छ ।
संगै सानो गाडी राखिएको ठाँउमा समेत भासिएको छ । खुमल्टारबाट गोदावरी जाने ओरालोसँगै सडक भासिएपछि दुर्घटनाको खतरा बढेपछि टायर राखेर छेकिएको छ ।
यो सडक ३ बर्ष बर्षअघि विस्तारपछि कालोपत्र गरिएको थियो । लामो समयसम्म हजारौं लोड गाडी गुड्ने गरेपनि सडक केही भएको थिएन । एका एक दुई ठाँउमा सडक भासिएपछि स्थानीय व्यापारीहरुमा त्रास बढेको उनी बताउछन् ।

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ०८ बजे