५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरबाट डाक्टरको स्वीकृती बिना औषधी खरिद बिक्रिको आरोपमा १४ जना पक्राउ



ललितपुर
२६ फागुन । डाक्टरको स्वीकृती बिना औषधी खरिद बिक्रिको आरोपमा ललितपुरबाट १४ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार औषधि खरिद विक्रिमा संलग्न भक्तपुर सल्लाघारी बस्ने २६ वर्षीय किशोर विक र कुसुन्ती बस्ने २७ वर्षीय भुवन ताम्राकारलाई पसल सञ्चालक लक्ष्मण सुब्बालगायत पक्राउ परेका हुन् ।
उनीहरु ललितपुर महानगरपालिको ४ नख्खुदोबाटोस्थित गोल्डेन गेट पोलिक्लिनिक एन्ड डायबेटिज सेन्टर प्रालिको ‘फार्मेसी युनिट’बाट पक्राउ परेका हुन् ।
उनीहरुले अनुसन्धानका क्रममा औषधिको बढी मूल्य बिक्री वितरण गरेको डाक्टरको सिफारिस नलिएको खुलेकोे बताइएको छ ।
औषधि लागू औषधको रुपमा प्रयोग हुने आशंका गर्दै प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
थप अनुसन्धानका लागि उनीहरूलाई लागु औषधी व्यवस्था विभाग बबरमहलमा पठाएको छ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ५ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।