२८ माघ २०८२, मंगलबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एमाले अध्यक्ष केपी शर्मा ओलीले सडकमा मकै खाएको तस्विर सामाजिक सञ्जालमा चर्चा



काठमाडौं
२६ फागुन । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले सडकमा मकै खाएको तस्विर सामाजिक सञ्जालमा दिनभर चर्चाको विषय बनेको छ ।
ओलीले आज सामाजिक सञ्जाल फेसबुकमा पार्टी कार्यालय च्यासल ललितपुरबाट बालकोट घर फर्कदै गर्दा बाटोमा ठेलामा मकै खाएको तस्विर शेयर गरेका थिए ।
उनको तस्विर शेयर गर्दै कार्यकर्ताले प्रशंसा गरेका छन् । उनको तस्विर धरानका मेयर हर्क साङपङ राईले समेत शेयर गर्दै आफ्नो भिजनमा सबै नेता आउने दावी गरेका छन् । सामाजिक सञ्जालमा काठमाडौं महानगरका मेयर बालेन शाहले ठेलगाडा उठाएको प्रसंग जोडेर धेरैले टिप्पणी गरेका छन् ।
सधै ख्यालठट्टा गर्न रुचाउने अध्यक्ष ओली वालवालिकासँग खेल्न र रमाइलो गर्न रुचाउछन् । उनले बेला बेलामा चेस खेलेको,व्यटमिन्टन खेलेको तस्विर शेयर गर्ने गरेका छन् ।

अध्यक्ष ओलिले मकै खाँदा सडकमा भीड बढेको थियो । उनीसँग सेल्फी खेच्नेहरु पनि उत्तिकै देखिन्थे । ओलिका साथमा सुरक्षाकर्मी समेत सँगै गएको तस्विरमा देख्न सकिन्छ ।
एमाले अध्यक्ष ओलिले लेखेको स्टाटस :
पार्टी कार्यालयबाट घर फर्कंदै थिएँ, बाटोमा स्कूल छुटेर फर्किंदै गरेका नानीबाबूहरूसँग रमाइलो भेट गर्ने अवसर मिल्यो। नजिकै एकजना बहिनी मकै पोलेर बेचिरहनु भएको रैछ, पोलेको मकै खाएँ । एकदम मज्जा लाग्यो।

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  ३ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।