१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


ठमेलमा कला प्रदर्शनी सुरु



२७ फागुन । काठमाडौँको ठमेलमा कला प्रदर्शनी सुरु भएको छ । सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका २६ स्थित काठमाडौँ ईको होटलमा छ दिने कला प्रदर्शनी सुरु भएको हो ।
कला प्रदर्शनीको शुभारम्भ गर्दै ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष भविश्वर शर्र्माले नेपाल कला, संस्कृतिको धनी मुलुक भएकाले यसलाई विश्वमाझ प्रचारप्रसार गर्नसके नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले नयाँ बालबालिकालाई कला प्रतियोगितामा भाग लिएर उत्कृष्ट कला प्रदर्शन गर्न आग्रह गरे ।
सन् २०१० देखि सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गर्दै आएको संस्था सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालकी सञ्चालक ईभा होल्मवर्ग टेडेटले संरक्षित बालबालिकामा रहेका कलासम्बन्धी ज्ञानलाई उजागर गर्न कला प्रदर्शनी गरिएको जानकारी दिए ।
विगत १३ वर्षमा चार सयभन्दा बढी सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गरिसकेको सो संस्थाले अहिले ५५ बालबालिकालाई संरक्षण गरिरहेको अध्यक्ष टेडेटले बताए ।

उक्त संस्थाले भूकम्पको समयमा नुवाकोट, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा भत्किएका विद्यालयको पुनःनिर्माण, विभिन्न जिल्लामा मौरीपालन, बाख्रा वितरण, महिला हिंशा न्यूनीकरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । छ दिनसम्म चल्ने कला प्रदर्शनीमा सात बालबालिकाले बनाएका २८ कला प्रदर्शनीमा राखिएको काठमाडौँ ईको होटलका महाप्रबन्धक सहदेव (विमल) धमलाले जानकारी दिए । उनले बालबालिकालाई कलाप्रति आकर्षण जगाउन उक्त प्रदर्शनी आयोजना गरिएको बताए ।

प्रकाशित मिति : २७ फाल्गुन २०७९, शनिबार  ६ : ११ बजे