९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘छक्का पञ्जा ४’को संवाद हटाउन सहकारी महासंघको माग



 

३० फागुन । चलचित्र ‘छक्का पञ्जा ४’मा सहकारी सम्बन्धी एउटा संवाद हटाउन माग गर्दै राष्ट्रिय सहकारी महासंघले चलचित्र विकास बोर्डमा निवेदन बुझाएको छ ।
महासंघका अध्यक्ष मिनराज कंडेलको हस्तक्षर रहेको सो निवेदनमा सहकारी क्षेत्रको विश्वसनीयतामाथि नै प्रश्न उठाउने खालको संवाद प्रयोग गरेको भन्दै आपत्ति जनाइएको छ ।
निवेदनमा लेखिएको छ, ‘छक्का पञ्जा ४’मा सहकारी सम्बन्धी लाञ्छनायुक्त एवं नारी अस्मितामा खलल पुग्ने संवाद रहेकोमा समग्र सहकारी अभियानको तर्फबाट महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यसर्थ सहकारी क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उब्जिने उक्त कपोलकल्पित, भ्रामक, तथ्यहीन संवादको घोर भर्त्सना गर्दै भ्रम सिर्जना हुने उक्त संवाद तत्काल हटाउन अनुरोध गर्दछौं ।’
पछिल्लो समय बक्स अफिसमा धेरै राम्रो आम्दानी गरिरहेको चलचित्र छक्का पञ्जा ४ ले मध्यपुर्वका देशहरुमा समेत राम्रो प्रतिकृया पाएको समाचार सार्वजनिक भएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७९, मंगलबार  १ : ४० बजे