१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर महानगरले ल्यायो स्काई लिफ्टिङ



ललितपुर, चैत २ गते । ललितपुर महानगरपालिकाले स्काई लिफ्टिङ ल्याएको छ । महानगरले बिरुवाको हाँगा काट्न (ट्रिमिङ गर्न), स्मार्ट सडक बत्ती सरसफाई गर्न र नयाँ जडान गर्न, अव्यवस्थित तार काट्न, होडिङ बोर्ड निकाल्न स्काई लिफ्टिङको प्रयोग हुने बताएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले स्काई लिफ्टिङ बहुउपयोगी भएको बताए ।

प्रमुख महर्जनले सजिलो र सुरक्षित ढङ्गबाट काम सम्पन्न गर्न यो साधन निकै उपयोगी हुने दाबी गरे ।

महानगरले यसअघि बिरुवालाई नुहाइदिन विशेष किसिमको पानी ट्याङ्कर खरिद गरेको थियो । उक्त ट्याङ्करले बिरुवामा पानी हाल्दा धुलाम्य बिरुवा सफा देखिन्छ ।

महानगरले यो ट्याङ्करबाट बिरुवामा पानी हिउँद महिनामा हाल्ने गर्छ । हिउँदमा आकाशबाट पानी नपर्दा धुलाम्य भएका बिरुवा यो ट्याङ्करबाट पानी हाल्दा सुकिला र चिल्ला देखिन्छन् ।

 

प्रकाशित मिति : २ चैत्र २०७९, बिहिबार  ७ : ३४ बजे