११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


राजधानीमा ड्रममा राखेको पानीमा डुबेर बालकको मृत्यु



३ चैत्र । काठमाडौँको तारकेश्वरमा घर नजिकै राखेको ड्रमको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार तारकेश्वर नगरपालिका १ साङ्ला बस्ने विष्णु तामाङका एक वर्षीय छोरा आयुष तामाङको आफ्नै घरको शौचालयमा रहेको पानीको ड्रममा डुबेर आज दिउँसो मृत्यु भएको हो ।
डुबेर गम्भिर अवस्थामा फेला परेका उनको ग्राण्डी अस्पताल धापासीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यता काठमाडौँको टोखा नगरपालिका ९ घर भइ चन्द्रागिरी नगरपालिका १२ बलम्बु डेरा गरी बस्ने ५५ वर्षीय नवराज केसी आफ्नै कोठामा आज मृत भेटिएका छन् ।
प्रहरी वृत्त थानकोटका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले उनको मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएका छन् । अहिले शवलाई पोष्टमार्टमका लागि अस्पतालमा पठाइएको जनाइएको छ । उनी बढी मदिरा सेवन गर्ने गरेका स्थानीयले बताएका छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  २ : ४३ बजे