८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेरि बढ्न थाल्यो कोरोना संक्रमण



३ चैत्र । कोरोना भाइरसको सक्रिय सङ्क्रमित फेरि बढ्न थालेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता अहिले दैनिक सक्रिय सङ्क्रमित बढिरहेका छन् ।
फागुन २६ गतेदेखि सक्रिय सङ्क्रमित दैनिक बढिरहेका हुन् । फागुन २६ गते सक्रिय सङ्क्रमित पाँच, २७ गते १२, २८ गते १५, २९ गते १६, ३० गते १७ र चैत १ गते १९ रहेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज मात्र छ जना नयाँ सङ्क्रमित र २० सक्रिय सङ्क्रमित रहेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले भारतमा सङ्क्रमण बढ्दै गएकाले त्यसको असर नेपालमा परेकाले सक्रिय सङ्क्रमित बढेको बताएका छन् ।
मन्त्रालयले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि अतिरिक्त मात्रा (बुस्टर डोज) सबैलाई लगाउन निर्देशन दिएको छ । अहिले उपत्यकासहित सबै ठाउँमा बुस्टर डोज लगाउने अभियान सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७९, शुक्रबार  ३ : ३० बजे