११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कलाकार वात्स्यायनलाई आज नागरिक अभिनन्दन



४ चैत्र । प्रसिद्ध व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ लाई शनिबार गृहनगर पोखरामा नागरिक अभिनन्दन गरिने भएको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा ३१ वाङ्मयिक र सामाजिक सङ्घसंस्था मिलेर उहाँलाई अभिनन्दन गर्न लागेका हुन् ।
कलाकार वात्स्यायनलाई ८० वर्ष पार गरेको अवसरमा रथारोहणसहित विशेष नागरिक अभिनन्दन गर्न लागिएको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले जानकारी दिएका छन् । शनिबार बिहान १० बजे पोखरा ३ स्थित वात्स्यायन निवासबाट सुरु हुने रथयात्रा कन्या मन्दिर नदीपुर प्रदेशसभा भवन–पृथ्वीनारायण क्याम्पस ट्याक्सीचोक–बागबजार हुँदै विन्ध्यवासिनी मन्दिरमा पुगी अभिनन्दन समारोहमा परिणत हुनेछ ।
कला साधनामा जीवन अर्पण गर्दै व्यङ्ग्य चिरकारितामार्फत नेपाली समाजको रूपान्तरणमा पु¥याएको सिर्जनात्मक योगदानका लागि उनलाई नागरिक अभिनन्दन गर्न लागिएको हो । व्यङ्ग्य चित्रकलाका शिखर व्यक्तित्व वात्स्यायनलाई अभिनन्दन गर्न पाउनु पोखरेलीहरूको सौभाग्य भएको परिवारका अध्यक्ष पौडेलले बताएका छन् ।
राजनीतिक, सामाजिक यथार्थलाई व्यङ्ग्य चित्रमार्फत सजीव ढङ्गले उजागर गर्न सक्ने वात्स्यायनका हजारौँ ‘कार्टुन’ अखबारमा प्रकाशित छन् । समाजका विकृति, विसङ्गतिमाथि तिखो प्रहार गर्न सक्ने उहाँको कलागत विशिष्टता मानिन्छ ।

नयाँ सन्देश, राष्ट्रपुकार, सुरुचि, देशान्तर, गोरखापत्र, कान्तिपुरलगायतका अखबारमा वात्स्यायनले ‘कार्टुनिष्ट’ का रूपमा काम गरिसक्नुभएको छ । विसं २०६२÷६३ जनआन्दोलन ताका कान्तिपुर दैनिकमा प्रकाशित उहाँका ‘कार्टुन’ ले ठूलो चर्चा बटुलेका थिए ।

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  १ : ४४ बजे