११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन बैठक बस्ने



४ चैत्र । प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनेबारे छलफल गर्न कांग्रेस कार्यसम्पादन बैठक बस्ने भएको छ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आइतबार बिहान बैठक आह्वान गरिएको जानकारी दिएका छन् ।
बैठक बिहान १०ः३० बजे नयाँवानेश्वरस्थित सङ्घीय संसद् भवनको शङ्कर हलमा बस्ने मुख्यसचिव पौडेलले बताए ।
उक्त बैठकमा उपस्थितिका लागि कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई निर्देशानुसार अनुरोध गरेको छ । पछिल्लो राजनीतिक समिकरणपछि नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति निर्वार्चित भएपछि यो बैठक बस्न लागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी सोमबार ६ गते व्यवस्थापिका संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा संसदकै ठूलो पार्टी नेपाली काँग्रेसको यो बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत नपाएको खण्डमा संसदको ठूलो दल नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा स्वतः प्रधानमन्त्री नियुक्त हुने संबैधानिक व्यवस्था रहेको सन्दर्भमा काँग्रेसले गर्ने निर्णयलाई पछिल्लो समय राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ ।

 

प्रकाशित मिति : ४ चैत्र २०७९, शनिबार  ८ : ३३ बजे