११ कार्तिक २०८१, आइतबार | Sun Oct 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरको हनुमन्ते खोला सफाई गर्दै राष्ट्रका लागि दुईघण्टे अभियान सुरु



५ चैत्र । भक्तपुरलाई सफा, सुन्दर र यहाँको नदीलाई सफा राख्ने उद्देश्यले हनुमन्ते सफाइ अभियानले राष्ट्रका लागि दुईघण्टे अभियान सुरु गरेको छ । आजबाट सुरु भएको अभियान हरेक शनिबार सञ्चालन हुने भएको छ ।
अभियानअन्तर्गत आज अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि नगरपालिका १ लोकन्थली क्षेत्रको सडक सरसफाइ गरेको हनुमन्ते सफाइ अभियानका अभियन्ता नरेश रञ्जितले जानकारी दिएका छन् ।
अभियानका प्रमुख सल्लाकार पूर्वउद्योगमन्त्री महेश बस्नेत, मध्यपुरथिमि नगरपालिका १ का वडाध्यक्ष बाबुकाजी डङ्गोल, बागमती सफाइ अभियानका डा राजु अधिकारीलगायतको सहभागितामा सफाइ गरिएको हो ।
अभियानमा नेपाल फूलबारी, नेप्सेम्याक, दिव्यश्वरी सहयोगी हात, स्वच्छ वातावरण सञ्जाल, पातञ्जल योग समिति, वेभ ग्रेप नेपाल, दक्षिणकाली सहकारी, आस्था महिला विद्यालय, गैरसरकारी संस्था महासङ्घलगायत विभिन्न सङ्घसस्था र व्यक्तित्वहरूको सहभागिता थियो । आगामी हप्ताको शनिबार कौशलटार चोकमा सरसफाइ गरिने अभियन्ता रञ्जितले बताएका छन् ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  २ : १९ बजे