१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका ढुवानी व्यावसायीद्वारा गोदावरी नगरपालिकामा धर्ना



ललितखबर, चापागाँउ
६ चैत्र । ललितपुरका ढुवानी व्यावसायी आन्दोलित भएका छन् । प्रशासनले निर्माण सामाग्री ढुवानी गर्न नदिएको भन्दै व्यासायीहरु आइतबारबाट गोदावरी नगरपालिका कार्यालयमा धर्नामा बसेका छन् ।
ढुवानी व्यावसायी संघ गोदावरीका अध्यक्ष निरोज श्रेष्ठले गत दुई बर्षअघि भएको सम्झौता कार्यान्वयनको माग गर्दै नगरपालिकामा धार्नामा बसेका बताए । उनले भने, ‘हामीलाई दिउँसो निर्माण सामाग्री बोक्न नदिएसम्म भर्ना जारी राख्छौं ।’
सम्झौता अनुसार दिउँसो चक्रपथसम्म निर्माण सामाग्री लैजाने गरेपछि पछिल्लो समय प्रशासनले रोकेको उनीहरुको आरोप छ । दिउँसो चापागाँउ ठेचो, छम्पी भैसेपाटी र झरुवाराशी टौखेलको सडक प्रयोग गरेर निर्माण सामाग्री ढुवानी हुँदे आएकोमा सडक विग्रेको र ट्राफिक जाम अत्याधिक भएपछि प्रशासनले रोकेको थियो ।
एकातिर साधुरो सडक र सयौं संख्यामा गुड्ने ढुवानीका सवारीले दक्षिण ललितपुरतर्फ जाने सडक अस्तव्यस्त छ । ढुवानी व्यावसायीहरु निर्माण सामाग्री बोक्न बनाइएको नख्खु करिडोर प्रयोग गर्न अस्वीकार गर्दै कालोपत्रे सडकमा गाडी गुढाउने गरेका छन् । व्यावसायी श्रेष्ठ २८ चक्के गाडी गुडाउन बनाइएको नख्खु करिडोरमा भारतबेञ्ज गाडी गुडाउन असजिलो बभएको बताउछन् । भन्छन्, ‘हामीले ठूलो टिपर हटाएर साना किनेर व्यावसाय गरिरहेका छौं । अव त्यो पनि हटाउने षड्यन्त्र हुँदैछ ।’
केही दिनअघि झरुवाराशी टौखेल सडकमा टिपर गुडाएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
पछिल्लो समय वागमतीको दोवानदेखि ठेचो सिमानासम्म नख्खु करिडोर निर्माण भएको छ । तर ठेचो चापागाँउ क्षेत्रमा पर्ने खोला किनारमा करिडोर सडक निर्माण रोकिएको छ ।
अस्थायी रुपमा खोलाको किनारमा निर्माण गरिएको नख्खु करिडोर हरेक वर्ष बर्षाका कारण बगाउने भएकाले सरकारको समेत यस सडकमा बर्षेनी करोडौ लगानी हुन्छ । तर धेरै ढुवानी व्यावसायीहरु यो सडकबाट गाडी नगुडाउने हुँदा यस क्षेत्रका साँधुरा सडकमा ट्राफिक जाम निरन्तर बढ्दै गएको छ ।

 

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ६ : ५१ बजे