१३ बैशाख २०८१, बिहिबार | Thu Apr 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


अव्यवस्थित तार हटाउन ललितपुरमा बन्याे कार्यदल



ललितपुर, ६ चैत । ललितपुर महानगरपालिकाले तार व्यवस्थापन गर्न कार्यदल बनाएको छ । महानगरपालिकाभित्र अव्यवस्थित तार व्यवस्थापन गर्न ललितपुर महानगरकी उपप्रमुख मञ्जली शाक्य बज्राचार्यको संयोजकत्वमा कार्यदल गठन गरिएको महानगरले जनाएको छ ।
ललितपुर महानगरपालिकाले तार व्यवस्थापनका लागि सरोकारवालासहित आइतबार आयोजना गरेको बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयको आधारमा विद्युत प्राधिकरण, नेपाल टेलिकम, इन्टरनेट सेवा प्रदायक संस्था, नेपाल प्रहरी, दूरसञ्चार प्राधिकरणका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन भएको महानगरपालिकाले जनाएको छ ।
कार्यदलको सदस्य सचिवको जिम्मेवारी नगर प्रहरी बल, ललितपुर महानगरलाई दिइएको छ । कार्यदलले एक महिनाभित्र मछिन्द्रनाथको रथ जात्रा हुने स्थान र कुपण्डोलदेखि सातदोबाटोसम्मको मूल सडकको अव्यवस्थित तार एक महिनाभित्र हटाउने तयारी गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ११ : ०७ बजे