१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘नाङ्गो गाउँ’को वर्कशप सकियो, छायाङ्कनमा हुँदै



६ चैत्र । समीक्षक हुँदै चलचित्र निर्देशक बनेका दीपेन्द्र लामाले चलचचित्र ‘नाङ्गो गाउँ’को छायाङ्कन अगाडि वर्कशप गरेका छन् । आफ्नो निर्देशनमा तयार हुने चलचित्र ‘नाङ्गो गाउँ’ को सम्पूर्ण कलाकारलाई दुई साता अभ्यास गराइएको उनले जानकारी दिएका छन् । “यसले आफ्नो चरित्रप्रति कलाकारलाई स्पष्ट बनाउँछ । एकसाथ वर्कशप गर्दा दृश्यलाई बलियो बनाउन सबैले उत्तिकै मेहनत गर्नुहुन्छ”, निर्देशक लामाले भने, “कलाकार तथा प्राविधिकहरूको सक्रियतापूर्वक सहभागिता जनाउनुभयो । मैले पनि कतिपय पक्षमा स्पष्ट हुने र सिक्ने अवसर पाएँ ।”
कलात्मकसँगै प्राविधिक रुपमा परिपक्व बनाउन वर्कशपमा निर्देशन, प्रोडक्सन डिजाइन, छायाङ्कन र कस्ट्युम समूहको सहभागिता रहेको निर्देशक लामाले बताएका छन् ।
अभिनेता दयाहाङ राई, कार्म, मिरुना मगर, शिशिर बाङ्देल, बुद्धि तामाङ, अङ्कित खड्का र रवीन्द्र झा सहभागी वर्कशपमा पटकथा विश्लेषण, चरित्र निर्माण र कथ्य तथ्य संरचनाका विषयमा छलफल भएको थियो । “कुनै पनि पात्रले बोल्ने संवाद, लगाउने पहिरनसँगै कथालाई अगाडि बढाउन उसको के भूमिका छ ? लगायतको कुरा विश्लेषण हुँदा हामी स्पष्ट भयौँ”, अभिनेता राईले भने । यसले छायाङ्कनमा समय कम लाग्ने निर्माण पक्षको विश्वास छ । वर्कशपको सहजीकरण राजेश विश्वकर्माले गरेका थिए । निर्देशक लामा स्वयम्को लेखन रहेको चलचित्रको छायाङ्कन यही चैत १० देखि काभ्रेमा सुरु हुनेछ ।

 

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ०८ बजे