८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा कोरोनाको बुस्टर खोप दिइने



ललितखबर
७ चैत्र । ललितपुरमा विहीबार र शुक्रबार कोरोनाको बुस्टर खोप दिइने भएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्टका अनुसार जिल्लाका ६ वटै पालिकाका ५५ बर्षमाथिका बृद्ध र फ्रन्टलाइनर स्वास्थ्यकर्मी र दिर्घ रोग भएका करिव ६४ हजार जनाका लागि बुस्टर खोप दिन लागिएको हो । जिल्लमा जुनसुकै खोप लगाएका व्यक्तिलाई वायोएनटेक बुस्टर खोप लगाउन सक्ने विष्ट बताउछन् ।
बुस्टर खोपका लागि स्वास्थ्य कार्यालयले करिव ३१ हजार फाइजर वायोएनटेक खोप पालिकाहरुका लागि छुट्याएको छ । ललितपुर महानगरका लागि १५ हजार,महालक्ष्मी नगरपालिकाका लागि ५ हजार ७ सय २५, गोदावरी नगरपालिकाका लागि ३ हजार १ सय ८८,महाँकाल गाँउपालिकाका लागि८ सय ८६,कोञ्ज्योसोम गाँउपालिकाका लािग ७ सय ४९ र वागमती गाँउपालिकाका लागि ४ सय ९० खोप छुटेयाएको छ ।
पछिल्लो सयम गत असोजपछि कोरोना संक्रमितको संख्या नाटकीय रुपमा घटेपछि खोप लगाउनेको संख्या घट्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख सतिस विष्ट बताउछन् । कोरोना संक्रमणमा कमी आएसँगै जनमानसमा त्रास घट्दा स्वास्थ्य सर्तकता पनि देखिदैन । स्थानीय निकायमा रहेका स्वास्थ्य शाखाहरु पनि कोरोना संक्रमण नियन्त्रणमा चासो देखाइरहेका छैनन् ।
स्वास्थ्य कार्यालयका प्रमुख विष्ट कोरोना संक्रमितको संख्या घट्दैमा निर्मूल भएको भएको मान्न नसकिने बताउछन् । उनी भन्छन्, समय समयमा फरक फरक भेरियन्टमा कोरोना बदलिएर आएको छ । फेरि नयाँ भेरियन्टको रुपमा कोरोना जुनसुकै बेला आउन सक्छ ।
कोरोनाबाट बच्न बेला बखत बुस्टर खोप लगाउदा जोनि सझिलो हुने उनको भनाई छ । सरिरमा प्रतिरोधि क्षमता बढाउन बुस्टर खोप उपयोगी हुने स्वास्थ्यकर्मीहरु बताउछन् ।
स्वास्थ्य कार्यालयले जारी गरेको रिपोर्ट अनुसार माघको अन्तसम्म कोरोना क्रमश घट्दै गएको भए पनि फागुनको पहिलो साताबाट कोरोना संक्रमितको संख्या पुनः बढ्न थालेको छ ।
नेपालमा अहिलेसम्म मोर्डना, फाइजर वायोउनटेक,जोनसन,भेरोसेल साइनोफम,एक्ट्राजेनिका र कोभिसिल्ड खोप लगाइएको छ ।
पछिल्लो समय बुस्टर खोपप्रति जनमानसमा खासै रुचि देखिदैन । नेपालमा २ करोड ६ लाख जनाले खोप लगाएपछि १ करोड २० लाखले बुस्टर खोप लगाएका छैनन् ।
सरकारले अहिलेसम्म १२ बर्षभन्दा माथिकाउमेर समूहलाई कोरोना खोप दिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७९, मंगलबार  ६ : ५८ बजे