८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


यस्तो रह्यो ललितपुरमा कोरोना संक्रमणको अवस्था



ललित खबर
८ चैत्र । देश लामो समय कोरोनाको माहामारीमा फस्यो । ३ तीन बर्षमध्ये धेरै समय लकडाउनमा विताउनु पर्ने बाध्यता आइलाग्यो ।
यो समय ललितपुर जिल्लामा पनि धेरै प्रभाव परेको देखिन्छ । अहिलेसम्म यहाँ जिल्लामा ९लाख ८० हजार २४२ जनामा कोरोना परिक्षण गरिएकोमा ६६२ जनामा कोरोना संक्रमण देखियो । कोरोना संक्रमणका कारण जिल्लामा ५८८ जनाको दुखद मृत्यु भयो ।
पछिल्लो भदौं महिनादेखि कोरोनाको अवस्था फेरिएको छ । विस्तारै कोरोना घट्दो अवस्थामा रहेपनि फागुनयता फेरि कोरोनाको संक्रमण बढ्न सक्ने संकेत पाइएको छ ।
गत साउन महिनामा २ हजार १०४ जनामा देखिएकोमा गत पुस महिनमा एक जनामा पनि भेटिएन माघ महिनामा जनामा भेटिएको कोरोना फागुनमा भने ५ जनामा देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।
ललितपुरमा मोर्डना, फाइजर वायोउनटेक,जोनसन,भेरोसेल साइनोफम,एक्ट्राजेनिका र कोभिसिल्ड खोप लगाइएको छ । कोरोनाको नयाँ नयाँ भेरियन्ट आएको विगतलाई नविर्सने हो भने फेरि अर्को नयाँ भेरियन्त नआउदा भन्न सकिन्न ।
तर पछिल्लो समय बुस्टर खोपप्रति जनमानसमा खासै रुचि देखिदैन । नेपालमा २ करोड ६ लाख जनाले खोप लगाएपछि १ करोड २० लाखले बुस्टर खोप लगाएका छैनन् ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख सतिस विष्ट शरिरमा प्रतिरोधि क्षमता बलियो बनाएर नराख्ने हो भने नयाँ भेरियन्टले जो सुकैलाई सताउने बताउछन् । भन्छन्,‘त्यसैले बुस्टर खोप लागाउनु बुद्धिमानी हुन्छ ।’
सरकारले अहिलेसम्म १२ बर्षभन्दा माथिका उमेर समूहलाई कोरोना खोप दिएको छ ।

 

 

 

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  ४ : १७ बजे