९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘गणपति’ जेठ ५ गतेबाट प्रर्दशन हुने



९ चैत्र । चलचित्र ‘गणपति’को पोस्टर सार्वजनिक गरिएको छ । चलचित्रमा कलाकार मुकुन भुषाल र मेनुका प्रधान रहेका छन् । चलचित्रमा जयनन्द लामा, कविता न्यौपाने, सूर्यमाला खनाल, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, टीका भक्त जिरेल, देवेन्द्र बब्लु, शुशील पोखरेललगायत छन् ।
तनहुँको सुन्दर स्थान बन्दीपुरको थारुवासको दृश्य रहेको चलचित्र सविन अधिकारीको निर्देशन गरेका हुन् । चलचित्र आगामी जेठ ५ गते प्रदर्शन गर्ने बताइएको छ ।
लक्ष्मण थापाले निर्माण गरेको यस चलचित्र हरिबहादुर घलेको छायांकन गरेका हुन् । चलचित्रको गीत अनिस अधिकारीको शब्द तथा संगीत छ भने अनिस अधिकारी र देवेन्द्र बब्लुको स्वर छ ।
चलचित्रको पोष्टर हेर्दा भगवान गणेश वरिपरि कथा घुमेको अनुमान गर्न सकिन्छ ।

 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  १ : १३ बजे