५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


लोकन्थलीको क्याफेबाट दुई भारतीयसहित १६ जुवाडे पक्राउ



भक्तपुर, ९ चैत । भक्तपुरमा दुई जना भारतीय नागरिकसहित १६ जना जुवाडे पक्राउ परेका छन् । मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीको एक क्याफेबाट उनीहरुलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको हो ।

क्याफेका सञ्चालक दिलीप गिरीसहित टीकाराम गिरी, जितबहादुर विश्वकर्मा, नवराज बोहरा, सन्तोष श्रेष्ठ, कसाङ लामा, शंखबज्र लामा, सन्तोष चौलागाईँ, सुमन खनाल, गोपाल कुईँकेल, कृष्णबहादुर मोक्तान, विक्रम ब्लोन मोक्तान, कृष्ण बुढाथोकी, छवाङ वाईबा, भारत घर भएर कुपण्डोल बस्ने मदन मण्डल र सुनिल कुमारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीले जुवाको खालबाट नेपाली २ लाख ४२ हजार तथा भारतीय ४८ हजार ५ सय रुपैयाँ र १६ बुक तास पनि बरामद गरेको छ ।

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ५ : ३१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।