९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेत्री करिष्माको विज्ञापनमा दर्शकको मजाक, भन्छिन्,‘सुर्धाछु’



९ चैत्र । अभिनेत्री करिष्मा मानन्धरले खेलेको एउटा विज्ञापनमा दर्शकले आलोचना गरेपछि सामाजिक सञ्जालमार्फत प्रतिकृया दिदै सुर्धार्ने बाचा गरेकी छिन् ।
नायिका मानन्धरले बोस सोलार हिटरको विज्ञापनमा बोलेको संवादलाई दिएर दर्शकले आलोचना गरेका थिए । उनले ओभर एक्टिङ गरेको र सवाद पनि अस्वभाविक भएको भन्दै उनको फेसबुक एकाउण्टमा १ हजार ७ सय भन्दा धेरैले प्रतिकृया दिएका छन् ।
उनले बोस होम एप्लाइन्सेससँग २ बर्षदेखि जोडिएको र यस कम्पनीकोे विभिन्न सामाग्रीको आफू प्रशंसक भएको लेख्दै आफ्नो निर्माणाधिन रेस्टुरेन्ट र घरमा समेत बोसकै सामाग्री जडान गर्ने उल्येख गरेकी छिन् ।
कलाकारको नाताले आफ्ना प्यारा दर्शक झुक्याउने मनसाय नरहेको र त्रुटि मानिसबाटै हुने मानन्धरको भनाई छ
प्रचार निर्माण सामाग्रीमा आफ्नो हात नहुने र सुझावसम्म दिन सकिने बताउदै अभिनेत्री सो विज्ञापनको पनि सुधार हुने उनको भनाई छ ।

पछिल्लो समय अभिनेत्री मानन्धर चलचित्र क्षेत्र छोडेर राजनीतिमा सक्रिय छिन् । केही बर्षअघि नेता बाबुराम भट्राईले गठन गरेको समाजवादी पार्टीमा रहेर राजनीति सुरु गरेकी अभिनेत्री मानन्धर नेकपा एमाले प्रवेश गरेर पछिल्लो समय सक्रिय राजनीति गरिरहेकी छिन् ।
सूर्यध्वजावाहक पाटी नेकपा एमालेमा प्रवेश गरेसँगै उनको न्वारनको नाम समेत सूर्य कुमारी रहेको बताउदै अभिनेत्री मानन्धरले पार्टीसँगको कलेन्सन खुलासा गरेकी थिइन् ।

 

प्रकाशित मिति : ९ चैत्र २०७९, बिहिबार  ५ : ५१ बजे