१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लाकुरीभज्याङमा साङ्गे लामा र पुर्ववडाध्यक्ष बलराम लामाबीच लफडा, पिडितमाथि उल्टै पक्राउ पूर्जी



११ चैत्र । महालक्ष्मी नगरपालिकामा कुटपिटको विषयमा पिडितमाथि प्रहरीले असहयोग गरेको पिडित पक्षले दुखेसो गरेको छ ।
गत फागुन २९ गते स्थानीयवासी साङ्गे लामामाथि वडाका पूर्व अध्यक्ष बलराम लामाले हातपात गरेकोमा उक्त विषयमा प्रहरीले उल्टै पिडित साङ्गे लामालाई पक्राउ पूर्जी जारी भएको भन्दै परिवारले आरोप लगाएको हो ।
कुटपिट भएको घटनाको विषयमा लाकुरी भज्याङ प्रहरी चौकीमा उजुरी गर्दा उजुरी गर्दा सई अमृत कोइरालाले उजुरी लिन अस्वीकार गरेको पिडित लामाको आरोप छ । तर सई कोइरालाले भने उजुरी दर्ता भइसकेको ललितखबरलाई जानकारी दिए ।
उल्टै कुटपिट गर्ने पूर्व वडाध्यक्ष बलराम लामाले जिल्ला प्रशासन कार्यालय ललितपुरमा उजुरी गरी पिडित साङ्गे लामाविरुद्ध प्रकाउ पुर्जी जारी भएको हो । सई कोइरालाले पुर्ववडाध्यक्ष लामा उजुरी हालेपछि सम्पर्कमा नआएको बताए । सई कोइरालाले भने, दुवैको उजुरी परेको छ । तर छलफल गराउन सकिएको छैन ।
स्थानीयवासी शुक्रमान लामा प्रहरीले वर्तमान जनप्रतिनिधि, वडाध्यक्षसँग, प्रहरी प्रभाग लुभुसँग समन्वय नगरेको र पूर्व वडाध्यक्षसँग समन्वय गर्नुले सई कोइराला नियतमा खोट रहेको आरोप लगाउछन् ।

 

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  २ : २६ बजे