८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कुटपिटको आरोपमा दुर्गेशसहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी



काठमाडौं, १३ चैत । मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध झैझगडा र कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन् । त्यस क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।

दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार  ९ : ४९ बजे