११ जेष्ठ २०८३, सोमबार | Tue May 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


फिल्म ‘नांगो गाउँ’ को छायांकन सुरू



काठमाडौं, १४ चैत । दीपेन्द्र लामाको निर्देशनमा बन्ने फिल्म ‘नांगो गाउँ’ को छायांकन सुरू भएको छ। काभ्रेको बेथानचोक गाउँपालिकाबाट फिल्मको छायांकन सुरू गरिएको हो।

चैत १० गतेबाट सुरु भएको छायांकन ३५ दिनसम्म चल्नेछ। फिल्मको छायांकनमा मुख्य कलाकारहरू दयाहाङ राई, साम्राज्ञी राज्यलक्ष्मी शाह, कार्म, शिशिर वाङ्देल व्यस्त छन्।

निर्माण टिमले सार्वजनिक गरेको तस्बिरमा दयाहाङ र शिशिर गफ गर्दै गरेको देख्न सकिन्छ। यस्तै अभिनेता कार्म साम्राज्ञीसँग रोमान्टिक देखिएका छन्।

दयाहाङ, साम्राज्ञी, कार्म, शिशिरसँगै फिल्ममा मिरुना मगर, बुद्धि तामाङ, पुष्कर गुरुङलगायत कलाकारको अभिनय रहनेछ। फिल्मलाई आलोक शुक्लाले छायांकन गरिरहेका छन्। मनिष्मा फिल्म्सको ब्यानरमा निर्माण भइरहेको फिल्ममा हिमाल शर्माको लगानी छ।

 

 

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  ११ : ४१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।