९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


हलभित्र लैंगिक अल्पसंख्यकलाई सुरक्षित तुल्याउन प्रतिबद्ध छौंः क्यूएफएक्स



काठमाडौं, १४ चैत । मल्टिप्लेक्स फिल्मको चेन क्यूएफएक्स सिनेमाजले अल्पसंख्यक लैंगिक समुदाय (एलजीबीटीक्यूआईए)सँग सम्बन्धित केही दर्शकलाई लिएर लबिम हलमा भएको भनिएको एक विवादित घटनाबारे प्रष्टीकरण दिएको छ ।
क्यूएफएक्सले मंगलबार विज्ञप्ति जारी गर्दै घटनामा कर्मचारीको संलग्नताप्रति खेद व्यक्त गरेको छ । मार्च २६ मा लबिम मलमा सेरेन बलामी नामक एक दर्शकप्रति भएको दुर्व्यवहारको घटनाप्रति क्यूएफएक्सले विज्ञप्तिमार्फत माफी समेत मागेको छ । ‘एलबीटीक्यूआईए समुदायका दर्शकप्रति दैनन्दिन भइरहेका कठिनाइ र भेदभावका घटनाविरुद्ध चेतना जगाउन हामी चुक्यौं,’ विज्ञप्तिमा भनिएको छ ।

‘यो घटनाबाट पर्न गएको असरप्रति हामी गम्भीर छौं र आइन्दा दोहोरिन नदिनेप्रति सचेत छौं,’ क्यूएफएक्सले भनेको छ, ‘क्यूएफएक्सलाई प्रत्येक दर्शकको लागि आरामदायी र सुरक्षित तुल्याउने प्रतिबद्धता हामी व्यक्त गर्न चाहन्छौं ।’

प्रकाशित मिति : १४ चैत्र २०७९, मंगलबार  २ : २३ बजे