१५ चैत्र । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र र सुशीला कला प्रतिष्ठानको आयोजनामा बौद्धको तारागाउँ संग्रहालयमा सप्ताहव्यापी ‘भारत–नेपाल कला संगम’ कला प्रदर्शनी सुरु भएको छ ।
प्रदर्शनीको उद्घाटन भारतीय राजदूतावास, काठमाडौंका नियोग उप(प्रमुख श्री प्रसन्न श्रीवास्तवले गरेका छन् ।
प्रदर्शनीमा ११ नेपाली युवा कलाकारले नेपाल र भारतबीचको मित्रता झल्काउने गरी दुई देशका विभिन्न स्मारक सम्बन्धितयार पारेका ३८ वटा कलाकृति राखिएका छन् ।
सो कला प्रदर्शनी तारागाँउ संग्रहालयमा चैत्र १४ देखि १९ गतेसम्म चल्नेछ । सिजी उन्नति सांस्कृतिक भिलेज र एडव्लुओएनको सहयोगमा सो प्रदर्शनीको आयोजना भएको हो
प्रतिक्रिया