११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


सेतो मच्छिन्द्रनाथ रथयात्रा : काठमाडौंका विभिन्न टोलमा सवारी बन्द



जात्रा समयमा तत् तत् स्थानमा सवारी साधनहरुलाई पूर्ण रुपमा प्रबेश निषेध छ

१६ चैत्र । बुधबारबाट राजधानीको तीनधारा पाठशालाबाट सेतो मच्छिन्द्रनाथको जात्रा सुरु भएको छ । आगामी आइतबारसम्म चल्ने जात्राका लागि स्थानीय प्रशासनले सम्बन्धित रुटमा सवारी बन्द रहने जानकारी दिएको छ ।
आज बिहिबार साझ ५ः०० देखि असन, बालकुमारी, केलटोल, इन्द्रचोक, मखन हुँदै हनुमानढोका लगिने कार्यक्रम छ ।
भोलि शुुक्रबार साँझ ४ः०० देखि हनुमानढोका, चिकंमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म लगिदैछ ।
शनिबार साँझ लगन आमा, रुख परिक्रमा गरिनेछ ।
जात्राको अन्तिम दिन आइतबार साँझ ५ः३० देखि लगन,दलाछि, ज्याबहाल द्यः , यूतुननि, कोहिति, भिमसेनस्थान, मरु, यटखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्र बहाल सम्म खट यात्रा गरेर जात्रा सम्पन्न गरिन्छ ।
जात्रा समयमा तत् तत् स्थानमा सवारी साधनहरुलाई पूर्ण रुपमा प्रबेश निषेध छ ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ३ : २९ बजे