९ कार्तिक २०८१, शुक्रबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र प्रेमा : ‘आलो काँचो मुल्या’



सानोतिनो मतभेदले सम्बन्धमा कसरी दरार आउँछ भन्ने चलचित्रले देखाउन खोजेको छ

ललितखबर
१६ चैत्र । चलचित्र प्रेमाकी नायिका शुभेच्षा खड्का चलचित्रमा पटक पटक एउटा संवाद बोल्छिन्, ‘आलो काँचो मुल्या’ ।

गाँउले परिभेष भनिएको धनगढीबाट काठमाडौं आएकी पात्र ‘प्रेमा’ शुभेच्क्षा खड्काले बोल्ने यो चलचित्रको प्रतिविम्बित गर्छ । चलचित्र प्रेमकथा र रोमाञ्चमा आधारित भए पनि आलोकाँचो देखिन्छ । शुभेच्क्षाको गाँउले भरिभेषबाट आएको संकेत यो एउटा संवादबाहेक अरु कुनै कुराले दिदैन । शुभेच्क्षा घर फर्कदाका दृश्यमा गाँउलेपन देखिदैन ।


करिव २ घण्टा लामो समय पर्दामा देखिने प्रेमा अर्थात् शुभेच्क्षा खड्का र अरुण क्षेत्रीबीचको प्रेम कथालाई पर्दामा उतारिएको छ । चलचित्रमा नायिका श्रृष्टि श्रेष्ठ पनि चलचित्रमा देखिन्छन् । तर उनी किन आइन् किन गइन् भन्ने चलचित्रले पुष्टि गर्न सक्दैन ।

चलचित्रमा गीत खासै छैन । चलचित्रमा भएको गीत साँगेतिक बजारमा नचल्नुले चलचित्रलाई घाटा पारेको छ । चलचित्र चल्नुअघि बजारमा गीत हिट बनेको भए चलचित्रलाई थप सहयोग पुग्थ्यो । द्वन्द्वको दृश्य छैन । कलाकारहरुको प्रेममा द्वन्द्व छ । सानोतिनो मतभेदले सम्बन्धमा कसरी दरार आउँछ भन्ने चलचित्रले देखाउन खोजेको छ ।

चलचित्रमा नायिका श्रृष्टि श्रेष्ठ पनि चलचित्रमा देखिन्छन् । तर उनी किन आइन् किन गइन् भन्ने चलचित्रले पुष्टि गर्न सक्दैन

राजधानी काठामाडौंको स्वयम्भू,पाटन, भक्तपुर दरवार र बबरमहल क्षेत्रको दृश्यको बाहुल्य छ । नयाँ र सुन्दर लोकेशन चलचित्रले समेट्न सकेको छैन । चलचित्रको कथाले दर्शकलाई भरपुर बाध्ने कोसिस गरेको छ । तर कता के नपुगेजस्ता लाग्छ ।
सिनेमेट्रोग्राफी र पार्शगायन मनछुने छ । भिडियो ल्याग्वेज सटिक लाग्छ । चलचित्र नराम्रो छैन । धेरै राम्रो पनि छैन । औसत छ ।


चलचित्रमा नयाँ र रमाइला चरित्र भएको कलाकार नभेट्दा मनोटोनस अनुभव हुन्छ । धेरै दृश्यमा शुभेच्षा,अरुण र श्रृष्टिलाई देखाइएको छ ।

चलचित्र राजेश हमालकालीन संयोग नै संयोगले भरिपूर्ण छ । कथा नाटकीय लाग्छ । चलचित्रको अन्त्य केही रोमाञ्चक पक्कै लाग्छ । तर राजेश हमालकालीन सुत्रमा आधारित कथामा बनाइएको चलचित्रको अन्तिम दृश्य भने स्वभाविक लाग्छ ।

चलचित्र प्रेमा बुधबार साँझ कलाकार,शुभेच्छुक र पत्रकार संचारकर्मीहरुमाझ प्रिमियर गरिएको थियो । शुक्रबारबाट यो चलचित्र हलमा लाग्दैछ । चलचित्र हेरेर फर्केका अधिकाँश दर्शक र कलाकारहरुले प्रशंशा गरेको सुन्न सकिन्थ्यो ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  ५ : १२ बजे