२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


सासंद डाँगी स्वकीय सचिवको कर्मचारी खोज्दै



डाँगी प्रनिनिधि सभा सदस्यमा सबैभन्दा कान्छी उमेरमै राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजयी भएकी थिइन् ।

 

१७ चैत्र । सांसद, मन्त्री वा उच्च पदस्थ राजनीतिक दलका नेता आसेपासेलाई स्वकीय सचिव बनाएर आफ्नो सचिवालय व्यवस्थित बनाउछन् । धेरैले स्वकीय सचिव बनेर फाइदा पनि लिन्छन्।

तर प्रतिनिधि सभाका सासंद निशा डाँगीले भने स्वकीय सचिव नियुक्त गर्न भ्याकेन्सी नै खुला गरेकी छिन् ।

उनले संसद सचिवालयको लेटरहेडमा आवश्यकत्ता सम्बन्धि सूचना प्रकाशित गरे योग्य व्यक्तिले सम्पर्क गर्न आह्वान गरेकी हुन् ।

उनले समसामकिय विषयमा जानकार, कानूनको विषयमा रुचि भएको,अप्ठ्यारो परिस्थिती अनुसार काम गर्न सक्ने,सूचना प्रविधिबारे जानकार र नेपाली अंग्रेजी दुवै पढ्न र लेख्न सक्ने उम्मेदवारलाई सम्पर्क गर्न आश्वान गरेकी छिन् । उनले महिलालाई प्राथमिकतामा राखिएको समेत उल्येख गरेकी छिन् ।

डाँगी प्रनिनिधि सभा सदस्यमा सबैभन्दा कान्छी उमेरमै राष्ट्रिय स्वतन्त्र पार्टीबाट  विजयी भएकी थिइन् । सूचनामा सेवा सुविधा वा तलव के कति हुने भन्ने विषयमा केही पनि खुलाइएको छैन ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ५ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।