११ कार्तिक २०८१, आइतबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


नदी किनारका अनधिकृत संरचना तत्काल नहटाउः उच्च अदालत



काठमाडौं, १७ चैत । उच्च अदालत पाटनले नदी किनारका अनधिकृत संरचना हटाउने काठमाडौं महानगरको सूचना कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
न्‍यायाधीश धीरबहादुर चन्दको इजलासले काठमाडौं महानगरको सूचना तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो । साथै अदालतले दुवै पक्षको छलफलपछि मात्र त्‍यो आदेशले निन्तरता पाउने नपाउने तय हुने जनाउको छ । चैत २६ गतेको तारेख दिएको छ ।

आदेशमा भनिएको छ, ‘… विपक्षी काठमाडौं महानगरपालिकाको कार्यालयबाट मिति २०७९ चैत ११ गते प्रकाशित सूचना कार्यान्वयन नगर्नू, यथास्थितिमा राख्नु भनी विपक्षी मध्‍येका काठमाडौं महानगरपालिकाका नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) (क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरिएको छ।’

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  २ : ०५ बजे