७ असार २०८३, आइतबार | Mon Jun 22 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भक्तपुरबाट खसीबोका चोरी गर्ने मासु पसले पक्राउ



सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा ७ घर भई हाल मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको

१७ चैत्र । भक्तपुरका विभिन्न ठाउँबाट घरको गोठमा बाँधिएका खसीबोका चोरी गरेर बिक्री गर्ने गिरोहमध्येका दुई जनासहित मासु पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

खसीबोका चोरी गरी बा २ ज ४३२७ नम्बरको ट्याक्सीमा राखेर बिक्री गर्न लैजाँदै गरेका ट्याक्सी चालक रामेछाप दोरम्बा १ घर भई हाल सूर्यविनायक बस्ने २४ वर्षीय सुमन तामाङ र रामेछाप दोरम्बा ७ घर भई हाल मध्यपुरथिमि बस्ने ४० वर्षीय मिलन तामाङलाई प्रहरीले पक्राउ गरेको प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जानकारी दिएका छन् ।

प्रहरीले चोरी भएका खसीबोका खरिद गरी मासु बिक्री गर्दै आएका रामेछाप मन्थली नगरपालिका ५ सुनारपानी घर भई हाल जिल्ला काठमाडौँ पेप्सीकोला बस्दै रामेछाप उदयपुर मासु पसल सञ्चालन गर्ने ४३ वर्षीय दिलबहदुर कार्कीलाई पनि पक्राउ गरेको छ ।

प्रहरीको अनुसन्धानका क्रममा काभ्रेपलाञ्चोकको विभिन्न आठ स्थानबाट र भक्तपुरको १७ स्थानबाट चार बोका र ३६ खसी गरी ४० खसीबोका चोरी गरेर बिक्री गरेको खुल्न आएको उनले जानकारी दिए ।

प्रकाशित मिति : १७ चैत्र २०७९, शुक्रबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।