प्राविधिकदेखि कास्कीको होमस्टेसम्मले उजुरी हालेपछि चलचित्र हलमा लाग्ने नलाग्ने अनिश्चित थियो
२१ चैत्र । यो साताको शुक्रबारबाट हल हलमा चलचित्र ‘प्रसाद २’ र ‘बहाव’ चल्ने भएका छन् ।
गएको फागुन १९ पछि लामो समय हलमा नयाँ चलचित्र लागेन । गतशुक्रबार प्रेमा प्रर्दशन भएसँगै सिनेमा बजारमा छक्का पञ्जा ४ चलचित्रको हालिमुहाली चल्यो ।
चलचित्र विकास बोर्डले ‘प्रसाद २’ शुक्रबारबाट प्रर्दशन गर्ने निर्णयसँगै शुक्रबारबाट यी दुई चलचित्र हलमा लाग्ने निश्चित भएका हुन् ।
चैत २४ गतेबाट प्रदर्शन गर्ने समय तोकिए पनि चलचित्र ‘प्रसाद २’का निर्माता सुभाष थापाविरुद्ध प्रहरीमा बैंकिङ कसूर तथा ठगीको उजुरी, सेन्सर बोर्डमा फिल्मको सेन्सर रोक्न निवेदन, चलचित्र विकास बोर्डसहित विभिन्न फिल्म सम्बद्ध संघ संस्थामा पैसा नपाएको भन्दै प्राविधिकदेखि कास्कीको होमस्टेसम्मले उजुरी हालेपछि चलचित्र हलमा लाग्ने नलाग्ने अनिश्चित थियो ।
बोर्डमा बसेको उजुरीकर्तासहितको बैठकपछि फिल्म प्रदर्शन गर्न दिने सहमति भएको छ ।
उता चलचित्र बहावका निर्माता श्रीधर पौडेललगायतको टिम प्रचार प्रसार तीब्र बनाएका छन् ।
बैठकले चलचित्रसम्बद्ध पाँचवटा संघ संस्थाहरुको निर्णयअनुसार प्रसाद २ प्रदर्शनपछि सबै पैसा एक संस्थाको बैक खातामा जम्मा गर्ने र प्राथमिकताको आधारमा होमस्टे, प्राविधिक र निर्मातालाई प्रदान गर्ने सहमति भएको हो ।
विवादका कारण को प्रचार प्रसार फितलो देखिएको छ ।








प्रतिक्रिया