ललितखबर
२१ चैत्र । पशुपतिमा ‘भष्मे डनः पशुपति प्रसाद २’को सुटिङ जारी छ । यो सुटिङको सेटमा दिनहुँ भीड हुन्छ । तर भीडमा तीन कलाकार भने आफ्नै सुरमा हुन्छन् । अभिनेत्री स्वस्तिमा खड्का देविको अवतारमा ठिङ उभिरहेकी हुन्छिन् । अभिनेता विपिन कार्की सुकेको स्वर निकाल्दै बर्बराउँछन् । सौगात मल्ल दिनभर झुम्म परेर मौन बस्छन् ।
उनीहरुको हर्कत देख्दा सुटिङ हेर्न आउने जो कोही अचम्ममा पर्छन् । चलचित्रका क्रु मेम्मर हल्ला खल्ला गर्छन् । सुटिङ हेर्ने दर्शकको चर्को आवाजमा पनि उनीहरु यसरी नै बसिरहेका हुन्छन् ।
तीनै जना कलाकारको यो शैली अहिले मात्रै होइन हर कुनै सुटिङमा यस्तै हुन्छ । चलचित्रको सुटिङ स्थलमा भेटिएका एक कलाकारले भने, ‘उहाँहरु थियटरबाट आएको कलाकार हो । कला साधनामा उनीहरुको मेहनत ज्यादा छ । सुटिङ अवधिभर उहाँहरु क्यारेक्टरमै बाँच्नु हुन्छ । उसरी नै हास्नु हुन्छ र बोल्नु हुन्छ ।’
बेलाबेलामा विपिन कुचुकुचु केही खाइरहेका देखिन्छे । उस्तै भष्मे डनकै हाउभाउ देखिन्थ्यो । सौगात छिनछिनमा हिड्थे तर झुम्म थिए ।
पछिल्लो समय तीनै कलाकार सिने क्षेत्रमा अव्वल छन् । उनीहरुको आगमनले चलचित्र क्षेत्रमा नयाँ तरंग ल्याएको छ ।
थियटर र हास्य विधाबाट आएका कलाकारहरुले पछिल्लो समय सिनेमामा प्रगती गरिरहेका छन् । पुरानो पुस्ता चलचित्र क्षेत्रबाट विदा हुने तरखरमा छ ।
लामो समयसम्म आफ्नो भूमिकाको अध्ययन गरेर मात्रै सुटिङमा जाने विपिनको वानी रहेको बताइन्छ । सुटिङ सकेर फर्कदै गर्दा उनीहरुका फ्यान तस्विर खिच्न झुम्मिन्थे । तर चलचित्रको पोशाक र मेकअपमा रहेका उनीहरु नाइनास्ती गरे । कपडा फेरिपछि उनीहरुले धेरै दर्शकसँग तस्विर खिचाउने गरेका छन् ।








प्रतिक्रिया