२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ४ जनामा भेटियो



२२ चैत्र । नेपालमा कोरोनाको नयाँ भेरियन्टबाट ४ जना संक्रमित भेटिएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा मनिषा रावलका अनुसार हालसम्म चार जना अस्पतालमा भर्ना भएको र जसमध्ये तीन जना घर फर्किसकेको तथा एक जना उपचाररत रहेका छन् ।

नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ संक्रमण हुँदा रुघा लाग्ने, ज्वरो आउने, घाँटी खसखस हुने, जीउ दुख्ने, खाना नरुच्नेजस्ता लक्षण देखिन्छन् ।
अस्पतालका निर्देशक डा मनिषा रावलले नयाँ देखिएको ओमिक्रोनको भेरियन्ट घातकभन्दा पनि बढी मानिसलाई सार्ने बताउछन् । “यो डेल्टा भेरियन्टभन्दा कम घातक छ”, उनले भने, “नयाँ भेरियन्टले मानिसमा भने चाँडै फैलिन सक्छ ।” उनले छिटो फैलिने भएकाले सर्तकता अपनाउन आग्रह गरे ।

कोरोनाको नयाँ भेरियन्ट कम घातक, बढी सङ्क्रामक
नेपालमा पहिलोपटक देखा परेको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन एक्सविवि १.१६’ बढी सङ्क्रामक रहेको पाइएको छ ।

चिकित्सकका अनुसार नयाँ भेरियन्ट तुलनात्मकरुपमा कम घातक र बढी संक्रामक छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निमित्त निर्देशक डा हेमन्त ओझाले नयाँ भेरियन्टले दीर्घरोगी, रोगसँग लड्न क्षमता कम भएका मानिस, वृद्धावृद्धलाई बढी समस्या गराउन सक्ने बताएका छन् ।

भारतमा देखिएको नयाँ भेरियन्ट ओमिक्रोन एक्सविवि १.१६ नेपालमा पनि अनुवांशिक अध्ययन गर्दा १० वटा देखिएको उनको भनाइ छ । “भारतमा देखिएअनुसार नयाँ भेरियन्टका कारण धेरै संक्रमितलाई गम्भीर बनाएको देखिँदैन र अधिकांश अस्पताल भर्ना नभएको पाइएको छ”, उनले भने ।

 

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।