१० कार्तिक २०८१, शनिबार | Sat Oct 26 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


बर्षभरि ४६ चलचित्र प्रर्दशनमा, कति नाफा कति घाटा ?



 

२४ चैत्र । २०७९ सालभरि ४६चलचित्र प्रर्दशनमा आएका छन् ।
प्रर्दर्शित चलचित्रमध्ये छड्के २ सर्वाधिक फल्प चलचित्रको रुपमा सिने बजारमा चर्चा भयो । पछिल्लो ३५ दिनदेखि चलिरहेको छक्का पञ्जा ४ले ५१ दिन मनाउने तरखर गर्दैछ । बर्षको सुरुआतमा कवडी ४ले राम्रो व्यापार गर्न सफल भयो ।
यस बर्ष मुस्किलले १० प्रतिशत चलचित्रले नाफा कमाएको अनुमान छ । ५० प्रतिशतभन्दा धेरै चलचित्रले लगानी समेत नउठाउने आकलन गर्ने गरिन्छ । पछिल्ले समय हिन्दी र अंग्रेजी चलचित्रले राम्रो व्यापार गरिरहेका छन् । गत भदौं महिनामा ९ बटा चलचित्र हलमा प्रर्दशन भए । जेठ साउन र चैत्रमा दुई दुई वटा चलचित्र प्रर्दशन भए ।
नेपालको सानो बजारमा चलचित्र प्रर्दशन गरेर लगानी उठाउनै मुस्किल रहेको चर्चा हुने गरेको छ । धेरै चलचित्रले नेपालबाहिर र युट्युवबाट केही पैसा बटुल्छन् । चलचित्र हलमा उठेको पैसाको करिव ३० प्रतिशत मात्रै निर्माताको हातमा पर्छ । वितरक हलमालिक र प्रचार प्रसारलगायतको खर्च अत्याधिक हुने चलचित्रकर्मी बताउछन् ।
चलचित्र फण्डाले चल्ने सिने बजारमा निरन्तर चर्चा हुने गरेको छ । यहाँ चलचित्र चलाउने समय पारेर श्रीमतीसँग सम्बन्ध विच्छेद गरिने देखि हुदै नभएको झगडा समेत संचारमाध्यममा छाप्न लगाएको समेत चर्चा हुने गरेको छ ।

 

 

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  २ : ५१ बजे