२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपाली सेना ‘साइबर स्पेश’मा हमला : सागर ढकाल पक्राउ



 

२४ चैत्र

साँकेतिक तस्विर : इन्टरनेट

। नेपाल प्रहरीको साइबर ब्यूरोले नेपाली सेनाको ‘साइबर स्पेश’मा अनाधिकृत पहुँच पु¥याइ हमला गर्र्ने व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गैरकानुनी कार्यमा संलग्न स्याङ्जाको वालिङ नगरपालिका १० घर भई हाल कास्कीको पोखरा महानगरपालिका १६ मा घर धनीको इन्टरनेट प्रयोग गरी बस्ने २१ वर्षका सागर ढकाल रहेका छन् ।

ब्युरोको अनुसन्धानका क्रममा उनी पोखरामा रहेको थाहा पाएपछि ब्यूरोको टोलीले उनलाई पोखराबाट पक्राउ गरी काठमाडौँ ल्याएको हो । उनलाई आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएकामा अदालतले थप अनुसन्धानका लागि सात दिनको म्याद दिएको ब्यूरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिएका छन् ।

नेपाली सेनाबाट केही अघि साइबर स्पेशमा पहुँच पु¥याइ साइबर हमला भएको देखिन आएकाले आवश्यक अनुसन्धान तथा कारवाहीका लागि ब्यूरोमा पत्राचार भएको थियो ।
सोही पत्राचारका आधारमा साइबर हमलाको प्राविधिक विशलेषण, ह्युमन इन्टेलिजेन्स तथा अनुसन्धानका आधारमा उक्त ब्यूरोबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  १२ : ०० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।