३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुई करोड अडियो प्रकरणमा मुछिएपछि रास्वपाका सांसद श्रेष्ठ पार्टीबाट निलम्बित



काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।
रास्वपाले पार्टीहित विपरीत काम गरेको निष्कर्ष निकाल्दै उनलाई निलम्बन गरेको हो । श्रेष्ठलाई कारबाही गरिएको पत्र पार्टीले संसद सचिवालयलाई पठाइएको छ । अडियोमा श्रेष्ठले पार्टी सभापति लामिछानेलाई बुझाउन भन्दै दुई करोड माग गरेको सुनिएको छ । त्यसको जवाफमा प्रसाईंले आफूले २ करोड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।