२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


दुई करोड अडियो प्रकरणमा मुछिएपछि रास्वपाका सांसद श्रेष्ठ पार्टीबाट निलम्बित



काठमाडौं, २६ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । उनले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र पार्टीलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ सहयोग मागेको अडियो सार्वजनिक भएको थियो ।
रास्वपाले पार्टीहित विपरीत काम गरेको निष्कर्ष निकाल्दै उनलाई निलम्बन गरेको हो । श्रेष्ठलाई कारबाही गरिएको पत्र पार्टीले संसद सचिवालयलाई पठाइएको छ । अडियोमा श्रेष्ठले पार्टी सभापति लामिछानेलाई बुझाउन भन्दै दुई करोड माग गरेको सुनिएको छ । त्यसको जवाफमा प्रसाईंले आफूले २ करोड उपलब्ध गराइदिने ग्यारेन्टी लिएका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ९ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।