डीएस डिजिटल र एफडी कम्पनीले चलचित्रका कार्यकारी निर्माता सञ्जय न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका हुन्
काठमाडौं । चलचित्र ‘नाइँ नभन्नु ल ६’ को नयाँ बर्षमा प्रर्दशन नहुने भएको छ ।
चलचित्रको सेन्सर बोर्डका निर्माण अधिकृत हरिसिह रैखोलाले हस्ताक्षरित प्रमाणपात्र दिइएको छ ।
चलचित्रका एक निर्माताले चलचित्र विकास बोर्डमा उजुरी दिएपछि प्रर्दशन रोकिएको बताइएको छ ।
डीएस डिजिटल र एफडी कम्पनीले चलचित्रका कार्यकारी निर्माता सञ्जय न्यौपानेविरुद्ध बोर्डमा उजुरी दिएका हुन् ।
हिसाव किताव मिलेपछि बैशाख २८ गते चलचित्र प्रर्दशन हुनसक्ने चलचित्रसम्बद्ध एक कलाकारले बताएका छन् ।
चलचित्र विकास आचार्यले निर्देशन गरेका छन् । अभिनेत्री आँचल शर्मा, आशिर्वाद क्षेत्री र अनुभव रेग्मीलगायतका कलाकारको अभियन हेर्न सकिन्छ ।
प्रतिक्रिया