२१ असार २०८३, आइतबार | Sun Jul 5 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


सलमान खानलाई मार्ने धम्की दिएको आरोपमा १६ वर्षीय किशोर पक्राउ



काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई हत्या गर्ने धम्की दिएको आरोपमा मुम्बई प्रहरीले १६ वर्षीय किशोरलाई पक्राउ गरेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार १६ वर्षीय ती किशोरले गत सोमबार राति मुम्बईस्थित प्रहरी कन्ट्रोल रुममा फोन गरेर सलमानलाई यही अप्रिल ३० मा मार्ने बताएका थिए। उनले आफ्नो नाम रकी भाइ बताएका थिए।

उक्त धम्कीपछि प्रहरीले नम्बर ट्र्याक गर्दा ठाणे जिल्लाको शाहपुरबाट फोन आएको पत्ता लागेपछि ती किशोरलाई नियन्त्रणमा लिइएको हो। त्यस्तो धम्की दिएको विषयमा ती किशोरसँग सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  २ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।