ललितखबर
३० चैत्र । चलचित्र बुलाकीले बुधबार राजधानीमा पहिलो पल्ट कलाकार, पत्रकार र शुभेच्छुकहरुलाई चलचित्र देखाएको छ ।
नयाँ कथामा निर्माण भएको चलचित्र बुलाकी खस भाषामा बनाइएको छ । चलचित्रले कर्णलीको कथा भन्छ । यहाँ प्रचलनमा रहेको जारी प्रथामा आधारित चलचित्र श्रीमती भगाउदाको कष्ट र परम्परागत प्रचलनलाई देखाइएको छ ।
खसभाषा नबुझ्ने दर्शकलाई चलचित्र हेर्दा खासै मज्जा आउँदैन । भाषाका कारणले धेरै दर्शकले बोर मान्ने अवस्था छ ।
कलाकारहरुको अभिनयमा खोट लगाउने ठाँउ छैन । अभिनेत्री सुरक्षा पन्तले आफ्नो उत्कृष्ट अभियन पस्केकी छिन् ।
कथामा रोमान्चकता देखिदैन । उतारचढाव छैन । सनसनी र कौतुहलता छैन । चलचित्र हेर्नेले टेलिचलचित्र हेरिरहेको अनुभव गर्छन् ।
सिनेमेट्रोग्राफीको अव्वल छ । हिमाली जिल्ला डोल्पामा खिचिएको गाँउ राम्रो छ । तर सुन्दर हिमाल भएको स्थानमा चलचित्र छायाँकन गरेको भए सुनमा सुगन्ध हुन्थ्यो । हिमालमा छायाँकन गरिएको चलचित्रले हिमाली सुन्दरताको बयान गरेको छैन । न त हिमाली पृष्ठभूमिहरु परेर चलचित्रको दृश्यहरु नै अघि बढ्छ ।
चलचित्र खस भाषामा भए पनि गीतमा भने पुरै नेपाली भाषा प्रयोग गरेको हेर्दा अमिल्दो लाग्छ । गीतमा खस भाषाको शव्दहरु मिसाएर बनाउने ढंग चलचित्रकर्मीको नदेख्दा हाँसोलाग्दो देखिन्छ ।
चलचित्र भवनमा थोरै दर्शक मात्रै हाँसेको र चिच्चाएको सुन्दा धेरै दर्शकले संवाद नबुझेको भान हुन्थ्यो । परिस्कृत समाज हुँदै गएकाले खसभाषा कम र नेपाली शव्द धेरै राखेको भए सबै दर्शकले चलचित्र राम्रो बुझ्थे र मनोरञ्जन लिन सक्ने अवस्था हुन्थ्यो ।
चलचित्रमा पर्याप्त द्वन्द्व र हास्यविधा जोडेर थप मनोरञ्जन दिनसक्ने ठाँउ हुँदा हुँदै निर्माण पक्ष चुकेको देखिन्छ । सारमा चलचित्र मनोटोनस छ ।
३० चैत्र २०७९, बिहिबार
80
Shares
प्रतिक्रिया