१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


भारतमा चलचित्रको बजार खोज्दै भुवन केसी



नेपालमा निर्माण भएको चलचित्रले छिमेकी देश भारतमा बजार विस्तार गर्न सके राम्रो लाभ आर्जन गर्नेछ

 

४ बैशाख । पछिल्लो समय नेपाली चलचित्र अन्र्तराष्ट्रि बजारमा समेत दर्शक पाउन थालेको छ । नेपाली भाषी र श्रमिक रहेका विभिन्न देशमा नेपाली चलचित्र राइट्स लिएर वितरकले चलचित्र प्रर्दशन गरिरहेका छन् ।्
चेपाल चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले भारतमा नेपाली चलचित्रको प्रर्दशन बढाउन पहल सुरु गरेका छन् ।
आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रम आयोजना गरेर उनले नेपाली चलचित्रको बजार भारतमा बढाउन पहल गरेका हुन् ।

कार्यक्रमपछि नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) भारत आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीटी) र चलचित्र भवनमा प्रदर्शन गर्नसहमत भएका छन् ।

नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले बजार पाए दर्शक पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिएका छन् । “नेपालमा निर्माण भएको चलचित्रले छिमेकी देश भारतमा बजार विस्तार गर्न सके राम्रो लाभ आर्जन गर्नेछ । साथै, नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न हामी आतुर छौँ । एकअर्काको बजार खोज्ने कुरा सकारात्मक छ”, बोर्ड अध्यक्ष केसीले भने ।

एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदानप्रदानको रुपमा आफूहरुले एकअर्काको चलचित्र बजार प्रवद्र्धन गर्न आतुर रहेको बताए ।
“नेपाली चलचित्रलाई तेलुगु भाषामा स्वराङ्कन गरेर दक्षिण भारतका ओटीटीमार्फत प्रदर्शन गर्ने तयारीमा छौँ”, उनले भने । कार्यक्रममा एफटीपीसी अध्यक्ष चैतन्य जङ्गले बजार र सम्भावनाबारे अध्यन गरिरहेको जानकारी दिए । “हामीलाई छायाङ्कन गर्न नेपाल सहज छ । नेपाली चलचित्र भारतमा र भारतीय नेपालमा छायाङ्कन हुँदा दुवैलाई लाभ हुनेछ”, उनले भने । कार्यक्रममा अभिनेता कृष्ण मल्ल, दीपकराज गिरी, आयुष्मान देशराज श्रेष्ठ जोशी, दिनेश डिसीलगायत उपस्थित थियो ।

प्रकाशित मिति : ४ बैशाख २०८०, सोमबार  ३ : ०७ बजे