१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र विकास बोर्डको प्रवक्तामा बुढाथोकी नियुक्त



काठमाडौं, ५ वैशाख । चलचित्र विकास बोर्डको प्रवक्तामा फिल्म निर्देशक केएल बुढाथोकी नियुक्त भएका छन् । बोर्ड बैठकले सदस्य समेत रहेका उनलाई प्रवक्तामा नियुक्त गरेको हो । ‘बोर्डका कामकारवाही तथा गतिविधिलाई पारदर्शी बनाइ उजागर गर्न र सम्बन्धित जानकारीलाई एकद्वार रुपमा प्रवाह गर्ने उद्देश्यसहित बुढाथोकीलाई प्रवक्तामा नियुक्त गरिएको हो,’ बोर्डको निर्णयमा भनिएको छ ।

२५ वर्षदेखि कला, साहित्य र सञ्चार क्षेत्रमा सक्रिय बुढाथोकीले थारु भाषाको सांस्कृतिक फिल्म ‘भुइँयार’, कमलरी प्रथामा आधारित फिल्म ‘लावाजुनी लगायत दर्जन जति नाटक र वृत्तचित्रको लेखन तथा निर्देशन गरेका छन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ७ : १५ बजे