१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तीन दिनभित्र सिंहदरबारको फोहोर उठाउन सर्वोच्चको आदेश



काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतले काठमाडौं महानगरपालिकालाई सिंहदरबार, राष्ट्रपति कार्यालयको फोहोर उठाउन आदेश दिएको छ ।

शुक्रबार न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले आदेश प्राप्त गरेको मितिले तीन दिनभित्र फोहोर उठाउन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता पदमबहादुर श्रेष्ठले महानगरको सिंहदरबारको फोहोर नउठाउने काठमाडौं महानगरको निर्णयविरुद्ध सर्वोच्चमा रिद दर्ता गरेका थिए ।

काठमाडौं महानगरका मेयर बालेन शाहले संघीय सरकारले समन्वय नगरेको भन्दै गत चैत २४ गतेदेखि ती क्षेत्रको फोहोर नउठाउन निर्देशन दिएपछि फोहोर उठेको थिएन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ११ : ३९ बजे