१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौँको टोखामा भीषण आगलागी, पाँच सटर जलेर नष्ट



८ वैशाख । काठमाडौँको टोखामा भीषण आगलागी हुँदा पाँच सटर जलेर नष्ट भएको छ । आज साँझ अन्दाजी ७ बजेतिर ग्राण्डी अस्पताल नजिक मासु पसलमा लागेको आगलागीले पाँच सटर जलेर नष्ट भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले मासु पोल्दा प्रयोग हुने आगोको झिल्को अन्य ठाउँमा फैलिँदा पाँच सटर आगलागी भएर नष्ट भएको जानकारी दिएका छन ्।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, दमकल र पानीको ट्याङ्करको सहायताले अहिले उक्त आगलागी नियन्त्रणमा आएको छ । प्रहरीका अनुसार आगलागीबाट कति क्षति भयो भन्नेबारे अहिलेसम्म खुलेको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०८०, शुक्रबार  ५ : ३२ बजे