१६ आश्विन २०८३, शुक्रबार | Fri Oct 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


फेरि एक जना कोरोना सङ्क्रमितको निधन



आज एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेका छन्

९ बैशाख । कोरोना भाइरसको सङ्क्रमणबाट आज फेरि एक जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज एक जना उपचारत सङ्क्रमितको निधन भएको हो । शुक्रबार पनि एक जनाको निधन भएको थियो ।

आज एक हजार एक सय ४८ नमूना परीक्षणमा ७८ जना सङ्क्रमित फेला परेका छन् । यस्तै आज ५० जना स्वास्थ्यलाभ गरी घर फर्किएका छन् । यसैगरी देशभरि २५ जना आइसोलेशन, सात जना सघन उपचार कक्ष (आइसीयू) र तीन जना भेन्टिलेटरमा उपचार गराइरहेका छन् ।
पछिल्लो समय कोरोना भाइरसको संक्रमण हुने क्रम बढ्दै गइरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०८०, शनिबार  २ : ४९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।