ललितखबर
११ बैशाख । राजधानीमा छक्का पञ्जा ४ ले २० वटा हलमा ५१ दिन पार गरेको अवसरमा ‘सफलताको भोज’ आयोजना ग¥यो ।

कार्यक्रममा थुप्रै कलाकार पत्रकार र शुभेच्छुकहरु सहभागी भए । कार्यक्रममा नायिका वेनिशा हमाल, स्वस्तिमा खड्का र मलिना आर्कषक पोशाकमा सहभागी थिए ।

चलचित्र सफल बनाउने कलाकार प्राविधिकलगायतलाई सफल सम्मान गरिएको थियो । कार्यक्रममा केक समेत काटियो ।

लामो समयपछि चलचित्रले हलहरुमा ५१ दिन पुरा गरेर सफल चलचित्र बनेको खुशीयाली मनाएको हो ।









प्रतिक्रिया