५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेनले गृहमन्त्रीमाथि लगाए वागमती किनारको अबैध घर टहरा संरक्षण गरेको आरोप



 

१३ बैशाख । काठमाडौं महानगरका मेयर बालेन शाहले गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि वागमती किनारका अवैध संरचना संरक्षण गरेको गम्भिर आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै महानगरका मेयर बालेनले वागमती किनारको बस्ती हटाउन कुन कानुन र नैतिकताका आधारमा यस्ता अवैध संरचना संरक्षण गर्नु हुन्छ भन्दै प्रश्न गरेका छन् । उनले ‘गृहमन्त्री ज्यु ? कसरी कानुनीराज्यको अनुभुती दिलाउनु हुन्छ गृहमन्त्री ज्यु ?’ भन्दै प्रश्न गरेका छन् ।

मेयर बालेनले स्मरणका लागि भन्दै २०७६ साउन २० गते सम्मानित सर्वोच्च अदालतबाट बागमती, बिष्णुमती, मनोहरा र यीनका सहायक नदिहरुको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा तथा संरचनाहरु भत्काएर नदिको स्वच्छता कायम गराउन तथा सार्वजनिक जग्गाको संरक्षण गर्न आदेश भएको उल्येख गरेका छन् ।

उनले आज फेरि उच्च अदालतले बागमती सभ्यताको विरुद्ध बस्ती नहटाउन परेको रिटमा अन्तरिम आदेश जारी नभएको अवस्था रहेको लेखेका छन् ।
उनले भनेका छन्,‘यदि कुनै कानुनले कसैमाथि अन्याय गरिरहेको छ भने तत्काल कानुन परिवर्तन गर्न सार्वजनिक अपील गरेर प्रक्रिया सुरु गर्नुहोस्, या कानुन बमोजिमको शासन व्यवस्था अँगाल्नुहोस् ।’

 

 

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  ३ : ३३ बजे