प्रधानमन्त्री प्रचण्डले नेता लामिछानेलाई बधाई दिएका छन्
१७ बैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता रवि लामिछानेले आज आइतबार विहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटघाट गरेका छन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार प्रधानमन्त्री प्रचण्डले नेता लामिछानेलाई बधाई दिएका छन् । नेता लामिछानेले सरकारमा जानुको औचित्य नभएको अभिव्यक्ति सार्वजनिक भएसँग भएको यो भेटघाटलाई चासोका साथ हेरिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक भोलि बस्ने भएको छ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।
केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङ गरी जानकारी दिएको थियो । भोलि बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिए ।
साथै पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ ।
पुर्वसभापति रवि लामिछाने संसद निर्वाचित भएपछि फेरिएको परिदृश्यपछि पार्टी राजनीतिको दिशा परिवर्तन हुने अपेक्षा छ ।








प्रतिक्रिया