३ असार २०८१, आइतबार | Sun Jun 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नयन सहकारीका अध्यक्ष वेपत्ता प्रकरण : ललितपुरका सहकारी संघहरु नै विज्ञप्तीको दोहोरीमा



नयन बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशव दाहाल फेसबुकमा सुसाइट नोट लेखेर वेपत्ता भएपछि ललितपुरका सहकारी सम्बद्ध संस्थाहरुको विज्ञप्तीको दोहोरी चलेको

१७ बैशाख । ललितपुर सातदोवाटोमा रहेको नयन बहुउद्देश्यीय सहकारीका अध्यक्ष केशव दाहाल फेसबुकमा सुसाइट नोट लेखेर वेपत्ता भएपछि ललितपुरका सहकारी सम्बद्ध संस्थाहरुको विज्ञप्तीको दोहोरी चलेको छ ।
ललितपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामहरि बजगाईमाथि हेलो कञ्चनजंगा बचत तथा ऋण सहकारी र आफू अध्यक्ष रहेको नयन बहुउद्देश्यीय सहकारी एकीकरण गर्न नयनको विभिन्न शिर्षकहरुबाट ३० लाख रुपैयाँ अध्यक्ष रामहरि बजगाई र लेखा परिक्षक डिल्लीराज दुलालले मागेको र नदिएपछि एकीकरण भंग गरेको आरोप लगाउदै सुसाइट नोट लेखेर बेपत्ता भएसँगै संघले विज्ञप्ती जारी गरेको थियो ।

 सहकारी संघका अध्यक्ष रामहरि बजगाई । लेन्स : ललितखबर
गतमंगलबार नयन सहकारीका अध्यक्ष सुसाइट नोट लेखेर बेपत्ता भएपछि बुधबार बजगाई सम्बद्ध बचत तथा ऋण सहकारी संघले झुटो कपोकल्पित र भ्रामक भन्दै विज्ञप्ती निकालेर खण्डन ग¥यो । संघका सचिव श्यामकृष्ण बजगाईको हस्ताक्षरमा प्रकाशित विज्ञप्तीमा यस्ता गलत कार्यले संघको समृद्धि रोक्न नसक्ने र सहकारी विरोधि कृयाकलापलाई सहकारीकर्मी,सहकारी अभियान र राज्यले तह लगाउनेमा संघ विश्वस्त रहेको भन्दै प्रतिरक्षा गरेको थियो ।
तर बचत तथा ऋण सहकारी संस्थाको विज्ञप्तीप्रति जिल्ला सहकारी संघ लिमिटेड एक मत देखिएन । आज आइतबार विज्ञप्ती मार्फत संघले बचत तथा ऋण सहकारीका अध्यक्ष रामहरि बजगाई मुछिएको यो विषयलाई समस्याको रुपमा लिदै विमती जनाएको छ ।
अध्यक्ष केदार गोरखाली श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तीमा संघले जारी गरेको विज्ञप्ती र केशव दाहालद्वारा सामाजिक सञ्जालमा पोट गरेको विषयमा गम्भिर ध्यानाकर्षण भएको उल्येख छ ।

उनले आफ्नो स्टाटसमा सहकारी डुब्नुमा अन्य व्यक्तिहरुको समेत हात रहेको उल्लेख गर्दै आफूले व्यक्तिगत रुपमा दिनुपर्ने रकम समेत स्टाटसमा उल्लेख गरेका् थिए ।

यसअघि पनि उनी गत मंसिर ५ गते बिहान घरबाट आफू भक्तपुर जाने र एक घण्टामा आउँछु भनेर निस्केपछि वेपत्ता भएका थिए ।
सहकारीले बज्र फाउण्डेशनलाई ठूलो रकम विनाधितो ऋण दिएको छ । ऋण उठ्न नसक्दा सहकारीमा समस्या आएको छ । तर दाहालले विनाधितोको समस्या समाधान गरेको बताउने गरेका थिए ।

यस सहकारीले विनाधितो धेरै रकम ऋण लगानी गरेको बुझिएको छ । नयन सहकारी दुईबर्षअघि मात्र हेलो कञ्चनजंगा बहुउद्देश्यीय सहकारीसँग एकीकरण भई छ महिनापछि एकीकरण भंग भएको थियो ।

प्रहरी श्रोतले दिएको जानकारी अनुसार उनी सुसाइट नोट लेखेर नेपालगञ्ज पुगेका थिए । पछिल्लो समय उनी सुर्खेततिर पुगेको सुइको पाएर खोजविन भइरहेको छ । तर अहिलेसम्म उनी सम्पर्कमा आएका छैनन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  २ : ५९ बजे